कोरोना त्रासः रूघाखोकी र ज्वरो आएका व्यक्तिलाई जहाज नचढाउने बुद्ध एअरको निर्णय
<p>काठमाडौं। निजी क्षेत्रको वायु सेवा सञ्चालक बुद्ध एअरले रुघाखोकी लागेका र ज्वरो आएका विरामीलाई विमानस्थलमा नआउन भनेको छ।</p>
<p>उसले आज सूचना जारी गरेर यस्ता व्यक्तिलाई आफ्नो जहाजमा नचढाउने निर्णय गरेको बताएको हो।</p>
<p>“कोरोना भाइरसको प्रकोप संसारभरी नै फैलिइरहेको छ, यसका लागि हामी सबैले सावधानी अपनाउनै पर्छ”, बुद्ध एअरले जारी गरेको सूचनामा भनिएको छ, “कोरोनाको मुख्य लक्षण रूघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाईयात्रा नगर्न तथा विमानस्थलमा नगइदिनुहुन अनुरोध गदैछौं।”</p>
<p>टिकट बुकिङ गरिसकेको व्यक्तिलाई अकस्मात रूघाखोकी लाग्ने वा ज्वरो आउने भएमा कम्पनीको नियमअनुसार टिकट रद्द गरी भाडा फिर्ता लिन सकिने बुद्ध एअरले बताएको छ। </p>
प्रतिक्रिया दिनुहोस्