काठमाडौं। अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स ‘होल्ड गरेर’ काम रोक्न नपाइने बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न निर्देशन दिए।
उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृत्ति राष्ट्रिय रोगको रूपमा देखा परेको बताए।
“सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने, सेवा प्रदान नगर्ने, ओगट्ने अनि तिमीले गरेका कामहरू छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने, यसको अब अन्त्य हुनुुपर्छ”, उनले भने, “लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिएँ, अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा यहाँ पनि त्यो प्रवृत्ति रहेछ, यसको पनि अन्त्य गर्नुपर्छ।”
मन्त्री खतिवडाले दूरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए।
“राज्यलाई फाइदा नहुनेगरी व्यक्तिको मुख हेरेर, दबाबमा परेर काम गरे नियामक निकायको भूमिकामाथि प्रश्न उठ्छ”, उनले भने।
उनले अबको सेवा भ्वाइसमा भन्दा डाटामा बढी हुनुपर्ने बताए। क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डाटा महत्वपूर्ण हुने भएकाले डाटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिन आग्रह गरे।
उनले प्राधिकरणको व्यावसायिक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर, मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए।
जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न निर्देशन दिए।
" /> काठमाडौं। अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स ‘होल्ड गरेर’ काम रोक्न नपाइने बताएका छन्।नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न निर्देशन दिए।

">