जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले पुरानै मानसिकतालाई महत्त्व दिइरहेको बताएका छन्।
“संघीय सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गा बेच्दै गर्नु प्रादेशिक सरकारको अधिकारमाथि हमला हो”, उनले भने, “सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरी संघीय सरकार पुरानै मानसिकतालाई महत्त्व दिइरहेको छ।”
उनले संघीय सरकारले पठाएका सचिवहरूले प्रदेशमा काम हुन नदिने मानसिकता बोकेका कारण प्रदेशमा विकासले गति लिन नसकेको बताए। आगामी दिनमा प्रदेश सरकार संघविरुद्ध आन्दोलनमा समेत जान सक्ने मुख्यमन्त्री राउतकाे भनाइ छ।
यस्तै जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने खाँचो औंल्याएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज आयोजित जनकपुरधाम सन् २०४० दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठीको शुभारम्भ गर्दै उनले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास गर्न गहनरूपले चिन्तन मनन गर्नुपर्ने बताए।
जनकपुरधाम माता जानकीको जन्मस्थल तथा विद्वानको भूमि भएकाले सबै तथ्यलाई ध्यानमा राख्दै संसारलाई चिनाउने किसिमले दूरगामी सोच निर्धारण आवश्यक रहेको मुख्यमन्त्री राउतले बताए। प्रदेश सरकार जनकपुरधामको विकास गर्ने सन्दर्भमा हरेक किसिमले सहयोग गर्न तयार रहेको पनि उनले जानकारी दिए। रासस
" /> जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले पुरानै मानसिकतालाई महत्त्व दिइरहेको बताएका छन्।“संघीय सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गा बेच्दै गर्नु प्रादेशिक सरकारको अधिकारमाथि हमला हो”, उनले भने, “सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरी संघीय सरकार पुरानै मानसिकतालाई महत्त्व दिइरहेको छ।”

">