काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमै भेटेर आफ्नो पुनर्नियुक्तिको बारेमा थप छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।
“अर्थमन्त्री आजै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्नुहुन्छ”, अर्थमन्त्री निकट स्रोतले भन्यो, “त्यसपछि मात्रै राजीनामा गर्ने वा नगर्ने विषयमा टुङ्गो लाग्छ।”
अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा सदस्यमा दुई वष कार्यकालको आज अन्तिम दिन हो। राष्ट्रिय सभाको पहिलो बैठक बसेको मितिले उनको कार्यकाल दुई वर्षको थियो। २१ फागुन २०७४ मा राष्ट्रिय सभाको पहिलो बैठक बसेको थियो।
राष्ट्रिय सभा सदस्यको कार्यकाल आज सकिएपछि उनको अर्थमन्त्री पद पनि संविधानत स्वतः पदमुक्त हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने खतिवडालाई नै अर्थमन्त्रीमा दोहोर्याउन चाहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने अर्थमन्त्रीले संविधानअनुसार स्वतः पदमुक्त हुने बाटो रोज्नुभन्दा राजीनामा दिने विकल्प रोज्न सक्ने बताए।
“प्रधानमन्त्रीले अर्थमन्त्रीमा उहाँ(खतिवडा)लाई नै दोहा¥याउने भनेको एक दुई ठाउँ सुनेको छु। राजीनामा दिएर पद खाली भएपछि प्रधानमन्त्रीले पुनः अर्थमन्त्रीमा नियुक्त गर्न सक्नुहुन्छ”, नेम्वाङले भने। खतिवडाले आज राजीनामा नदिए पनि संविधानअनुसार उनको अर्थमन्त्री पद स्वतः खारेज हुने नेम्वाङले बताए।