अमेरिकी उपराष्ट्रपति भन्छन्- ‘काेभिड-१९ को औषधि ५-६ महीनामा तयार हुन्छ’

वासिङ्टन डीसी। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महीनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

“यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस संक्रमण हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ”, उपराष्ट्रपति पेन्सले भने।

अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदानसहित संयुक्त प्रयास गरिरहेको बताइएको छ।

उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण ६ सातादेखि आरम्भ हुने बताए।

कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेकाे छ। अमेरिकामा भाइरस संक्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ।

अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्