काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छन्।
शिक्षण अस्पतालमा भोलि, २१ फागुनमो उनको मिर्गौला प्रत्यारोपण हुँदैछ। भाञ्जी समिक्षा संग्रौलाले उनलाई मिर्गौला दिने छिन्।
प्रधानमन्त्री ओली दोस्रोपटक गर्न लागिएको मिर्गौला प्रत्यारोपणका लागि हिजो, १९ फागुनमा अस्पताल भर्ना भएका थिए।
१२ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पुनः समस्या आएपछि दोस्रोपटक प्रत्यारोपण गर्न लागेका हुन्।
अस्पताल जानुअघि प्रधानमन्त्रीलाई भेट्न १९ फागुनमा उपराष्ट्रपति नन्दबहादुर पुन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगे। त्यसक्रममा उनले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरे।
त्यसैगरी उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पनि अस्पताल जानुअघि बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए।
प्रधानमन्त्री अस्पताल भर्ना भएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १९ फागुन साँझ ट्विटमार्फत् शीघ्र स्वास्थ्यलाभको कामना गरे।
तर, आफ्नै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने प्रधानमन्त्री ओलीलाई भेटेका छैनन्। ओली र दाहाल दुवै नेकपाका अध्यक्ष हुन्।
“अस्पताल जानुअघि प्रधानमन्त्रीज्यूलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार आउनुहुन्छ होला भन्ने हाम्रो आशा थियो, तर आउनु भएन”, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “सायद अब अस्पतालमै पो आउनुहोला कि ?”
१४ फागुनको नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको थियो।
त्यो निर्णय मुख्यतः दाहालकै योजनामा भएको बुझाइमा रहेका प्रधानमन्त्री ओलीले बैठकपछि भने त्यसलाई कार्यान्वयन गर्न नसकिने जानकारी सचिवालय सदस्यहरुलाई गराएका थिए।
नेकपाभित्र ‘बामदेव प्रकरण’का रूपमा लिइने यो घटनापछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच एक्लाएक्लै भेट भएको छैन। १८ फागुनको सचिवालय बैठकमा मात्र उनीहरूको भेट भएको थियो जहाँ प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनलागेको जानकारी गराएका थिए। प्रायः सामाजिक सञ्जालमा आफ्ना गतिविधि पोष्ट गरिरहने दाहालले १६ फागुनयता सामाजिक सञ्जालमा पनि केही लेखेका छैनन्।
नेकपाका एक नेताले ‘पार्टीभित्र उत्पन्न तनावका कारण दाहालले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न समेत रूचि नदेखाएको’ टिप्पणी गरे।
तर, दाहालका प्रेस सल्लाहार विष्णु सापकोटाले भने त्यस्तौ कुनै कारण नरहेको बताएका छन्।
दुई अध्यक्षबीच हिजो, १९ फागुनमा कुराकानी भएको उनले बताए। “दुई अध्यक्षबीच भेटघाट मात्र हुन नपाएको हो”, सापकोटाले भने, “हिजो पनि छलफल, कुराकानी त भइराखेकै थियो।”
सापकोटाका अनुसार नेकपा अध्यक्ष दाहाल प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका कारण ‘डिस्टर्ब नगरौं’ भन्ने मूडमा छन्।
“हस्पिटल एडमिट भएको बेला डिस्टर्ब नगरौं भन्ने छ”, सापकोटाले भने, “उहाँ (प्रधानमन्त्री) डिस्चार्ज भएपछि भेटघाट हुन्छ।”
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छन्।शिक्षण अस्पतालमा भोलि, २१ फागुनमो उनको मिर्गौला प्रत्यारोपण हुँदैछ। भाञ्जी समिक्षा संग्रौलाले उनलाई मिर्गौला दिने छिन्।

">