यात्रु ठग्ने ६ सवारीसाधन प्रहरीको नियन्त्रणमा
<p>पोखरा। दशैंको मौका छोपेर पोखरामा बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।</p>
<p>दशैं मनाउन घर फर्कने यात्रुसँग बढी भाडा लिइरहेको अवस्थामा ती सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।</p>
<p>यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने बढेकोले नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको डीएसपी केसीले बताए।</p>
<p>गाडीवालहरुले बार्गेनिङ गरेर तोकिएभन्दा धेरै भाडा लिएमा तत्काल खबर गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ। <em>रासस</em> </p>
प्रतिक्रिया दिनुहोस्