ज्ञानेन्द्र शाहले दूतमार्फत् पठाए प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको सन्देश
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

शाहले पशुपतिभक्त महर्जनमार्फत् प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको सन्देश पठाएका हुन्।

महर्जन ज्ञानेन्द्रको सन्देश लिएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर फर्किएका छन्।

दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली हिजो १९ फागुनदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

उनको भोलि, २१ फागुनमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ।

यसैबीच, नेपालका लागि जापानी राजदूत मासामिची साईगोले पनि अस्पताल पुगेर प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्