काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्यका रूपमा मन्त्री नियुक्त डा. खतिवडाले सभामा उनको दुई वर्षे कार्यकालको अन्तिम दिन आज राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्। उनलाई भोलि नै अर्थमन्त्रीको रूपमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
२१ फागुन २०७४ मा राष्ट्रिय सभाको पहिलो बैठक बसेको थियो। खतिवडाको कार्यकाल पहिलो बैठक बसेको मितिले दुई वर्षका लागि थियो। त्यसैले आज सभा सदस्यको रूपमा कार्यकाल सकिनुअघि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। डा. खतिवडाले राजीनामा नदिएको भए पनि संवैधानिक व्यवस्था अनुसार उनी आज पदमुक्त हुने थिए।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थमन्त्रीमा नियुक्त गर्नेछन्। २१ फागुनमा अर्थमन्त्रीको रूपमा पुनः शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
संविधानमा संघीय संसद्मध्येबाट मन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य नभएको व्यक्तिलाई पनि मन्त्री नियुक्त गर्न सकिने तर, त्यसरी नियुक्त भएको मितिले ६ महीनाभित्र संघीय संसद्को सदस्यता लिनुपर्छ।
खतिवडा संसद् सदस्यको रूपमा मन्त्री नियुक्त भएका थिए। अहिले उनको संसद् सदस्यता सकिएपछि उनलाई फरक हैसियतमा अर्थमन्त्री नियुक्त गर्न लागिएको भएकाले उनले पदबाट राजीनामा दिनुपरेको हो।
अर्थमन्त्री खतिवडाको राजीनामा मुख्य सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति कार्यालय पुर्याएका छन्। यता डा. खतिवडा भने दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन्।
पढ्नुहाेस्
प्रधानमन्त्रीलाई अस्पतालमै भेटेर पुनर्नियुक्तिबारे छलफल गर्दै अर्थमन्त्री खतिवडा
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्यका रूपमा मन्त्री नियुक्त डा. खतिवडाले सभामा उनको दुई वर्षे कार्यकालको अन्तिम दिन आज राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्। उनलाई भोलि नै अर्थमन्त्रीको रूपमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।२१ फागुन २०७४ मा राष्ट्रिय सभाको पहिलो बैठक बसेको थियो। खतिवडाको कार्यकाल पहिलो बैठक बसेको मितिले दुई वर्षका लागि थियो। त्यसैले आज सभा सदस्यको रूपमा कार्यकाल सकिनुअघि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। डा. खतिवडाले राजीनामा नदिएको भए पनि संवैधानिक व्यवस्था अनुसार उनी आज पदमुक्त हुने थिए।

">