काठमाडौं। मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक औषधि दिन शुरू गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज दिउँसो प्रधानमन्त्रीको स्वास्थ्यबारे विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।
अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरू गरिने क्रम जारी छ।
‘विभिन्न विषयका विशेषज्ञहरूबाट उहाँको स्वास्थ्य परीक्षण गरिएको छ। प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरू गरिने क्रम जारी छ’, अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको समेत बताएको छ। अस्पतालका अनुसार प्रधानमन्त्री ओली विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा छन्।
प्रधानमन्त्रीको भोलि, २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिनेछ। यसका लागि उनी हिजै अस्पताल भर्ना भइसकेका छन्।
" /> काठमाडौं। मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक औषधि दिन शुरू गरिएको छ।

">