काठमाडौं। कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा टेकुमा भर्ना भएका चारै जनाको स्वास्थ्य रिपोर्ट आएको छ।
उनीहरूमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, “कोरोना भाइरसको आशंका गरिएका चारै जनाको रिपोर्ट प्राप्त भएको छ, सबैमा नेगेटिभ छ।”
उनीहरू डिस्चार्ज भएर आजै घर फर्किने उनले देखापढीलाई बताए। आशंका गरिएका व्यक्तिमध्ये एक जना चिनियाँ नागरिक र तीनजना नेपाली थिए।
उनीहरूमा रूघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो।
कोरोना आशंकमा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएकोमा १९ जना घर फर्किसकेका छन्।
" /> काठमाडौं। कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा टेकुमा भर्ना भएका चारै जनाको स्वास्थ्य रिपोर्ट आएको छ।उनीहरूमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

">