काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिएका छन्।
दाहालले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई दोस्रोपटक गर्न लागेको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका हुन्।
‘हाम्रो पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ’, आज सामाजिक सञ्जालमार्फत् (फेसबुक/ट्विटर) स्वास्थ्यलाभको कामना गर्दै दाहालले लेखेका छन्, ‘उहाँको दोश्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेकी थिइन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आज पशुपतिभक्त महर्जनमार्फत् स्वास्थ्यलाभको शुभकामना पठाएका थिए।
भोलि, २१ फागुनमा गरिने मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली हिजो १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका थिए।
पढ्नुहोस्
प्रधानमन्त्री भेट्न किन गएनन् नेकपा अध्यक्ष दाहाल ?
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिएका छन्।दाहालले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई दोस्रोपटक गर्न लागेको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका हुन्।

">