काठमाडौं। सरकारले श्रम स्वीकृति बन्द नगरेको स्पष्ट पारेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेका हुन्।
विश्वभरी नै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको बेला नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सार्वजनिक भइरहेको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताए।
‘‘स्वीकृति रोकिएको छैन। अहिलेको विषम परिस्थितिमा कुनै श्रमिकले दुःख नपाउन्। बाटैबाट फर्किन नपरोस्। ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्यमन्त्रालयसँग निरन्तर छलफल भइरहको छ”, उनले भने, “चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ। औपचारिक कुनै निर्णय भएको छैन।”
मन्त्री यादवले २/३ वटा विकल्पमा यसलाई ‘रिसेड्युल’ गर्ने हो कि भन्ने विषयमा भने छलफल चलेको बताए। “मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ”, मन्त्री यादवले भने।
१८ फागुनको मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको अध्ययन अनुमति पत्र वितरण भने बन्द गरेको छ। नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा सम्वाद लगायतका कार्यक्रमहरू पनि सरकारले तत्काललाई नगर्ने निर्णय गरेको छ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका अधिकांश मुलुकमा फैलिएको छ। यद्यपी, नेपालमा भने कोरोनाको संक्रमण देखिएको छैन।
" /> काठमाडौं। सरकारले श्रम स्वीकृति बन्द नगरेको स्पष्ट पारेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेका हुन्।

">