काठमाडौं। ९ माघमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको शपथ आज हुँदैछ।
उनीहरूलाई बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउनेछन्।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ को उपदफा (१) को व्यवस्था अनुसार अध्यक्ष तिमिल्सिनाले संविधानको धारा ८६ को उपधारा (२) बमोजिम नवनिर्वाचित सदस्यलाई शपथ गराउने भएका हुन्।
संघीय संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को ल्होत्से हलमा शपथ समारोह तय गरिएको संघीय संसदको सांसद सुविधा तथा व्यवस्थापन शाखाका उपसचिव रामहरि थापाले बताए।
राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल पाएका १८ सदस्यको पदावधि हिजो, २१ फागुनमा सकिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका एक सदस्य (डा. युवराज खतिवडा) को पदावधि पनि हिजैबाट सकिएको छ।
संसद सचिवालयले शपथ लिने सदस्यले आज बिहान १० बजे नै राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्कने औपचारिक पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र एवं नागरिकताको प्रमाणपत्रको सकल तथा प्रतिलिपी एक/एक प्रतिसहित उपस्थित हुन भनेको छ।
९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका दुई जना उम्मेद्वार निर्वाचित भएका थिए।
" /> काठमाडौं। ९ माघमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको शपथ आज हुँदैछ।उनीहरूलाई बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउनेछन्।

">