प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज हुँदैछ।
आज बिहानबाट प्रत्यारोपण गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको अस्पतालले जनाएको छ।
प्रधानमन्त्री तीन दिनअघि १९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
अस्पतालले २० फागुनमा विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक औषधि दिन शुरू गरिएको जनाएको थियो।
अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको विज्ञप्तिमा उल्लेख गरेको थियो।
प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।
करीब १२ वर्ष पहिले पहिलोपटक प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्