नेपालबाट फर्किएका एक स्पेनीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु
काठमाडौं। स्पेनमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको त्यहाँका स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन्।

उनी नेपालबाट फर्किएपछि ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित रहेको र त्यसपछि उनको मृत्यु भएको बताइएको छ।

समाचार संस्था डेली मेलले जनाए अनुसार उनको १३ फेब्रुअरीमा मृत्यु भएको हो।

भ्यालेन्सियाका स्वास्थ्यकर्मीहरुले स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुने उनी पहिलो व्यक्ति रहेको पुष्टि गरेका छन्।

“शुरूआतमा उनको मृत्यु के कारणले भयो भन्ने खुलेको थिएन”, त्यहाँको क्षेत्रीय स्वास्थ्य निकायले भन्यो,“पूर्वव्यापी अनुसन्धान अनुसार उनको मृत्यु कोराना भाइरसकै कारणले भएको पुष्टि भएको छ।”

नेपाल घुमेर फर्किएका उनी बिरामी भएपछि त्यहाँको सिटी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यकर्मीहरुका अनुसार अहिलेसम्म स्पेनमा कोराना भाइरसबाट १६५ जना संक्रमित भएका छन्।

क्षेत्रीय स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँको भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित भेटिएका छन्।

बिरामीहरूको विशेष सघन कक्षमा राखेर उपचार भइरहेको छ।

मृत्यु हुने स्पेनी नागरिक नेपालबाट फर्किएपछि बिरामी भएको बताइए पनि उनलाई कोरोना भाइरसको संक्रमण कहाँ भएको भन्ने प्रष्ट गरिएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्