न्यूयोर्क टाइम्स दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको समाचार प्रकाशित गरेको छ।
समाचारमा प्रधानमन्त्री ओलीलाई ‘नेपालका लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्री’ भनेर परिचय दिइएको छ।
न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले ओली लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित रहेको र उपचारका लागि पटक पटक भारतदेखि सिंगापुरसम्म पुगेको उल्लेख गरेको छ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान १० बजेर २ मिनेट जाँदा महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको छ।
प्रधानमन्त्री ओली १९ फागुनमा अस्पताल भर्ना भएका हुन्।
प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।
करीब १२ वर्ष पहिले पहिलोपटक प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए।
" /> न्यूयोर्क टाइम्स दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको समाचार प्रकाशित गरेको छ।समाचारमा प्रधानमन्त्री ओलीलाई ‘नेपालका लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्री’ भनेर परिचय दिइएको छ।

">