शिक्षण अस्पताल परिसरमा ‘गेट वेल सून पिएम ओली’ (भिडिओ र तस्वीर)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा छन्। दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि उनको शल्यक्रिया भइरहेको छ।

आज बिहान १० बजेर २ मिनेट जाँदा प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगिएको हो। चिकित्सकहरूले करीब पाँच घण्टामा शल्यक्रिया र प्रत्यारोपणको प्रक्रिया सम्पन्‍न हुने जनाएका छन्।

प्रधानमन्त्री ओली शल्यक्रिया कक्षमा रहँदा शिक्षण अस्पताल परिसरमा र त्यसको बाहिर शुभेच्छुक सर्वसाधारणको भीड लागेको छ।

उनीहरू प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वाथ्यलाभको कामना गर्न त्यहाँ पुगेका हुन्।

शिक्षण अस्पताल परिसरमा भेला भएका शुभचिन्तकहरूले प्रधानमन्त्री ओलीको तस्वीरसहित ‘गेट वेल सून पिएम ओली’ लेखिएका प्लेकार्ड बोकेका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न मिर्गौला रोगबाट पीडित व्यक्तिहरू समेत शिक्षण अस्पताल परिसरमा पुगेका छन्।