देउवाले भने- 'कोरोना संक्रमणबाट जोगिन नमस्ते गर्नूस्, हामी त जय नेपाल गर्छौँ'
कैलाली। शुरूमै फेला परेका एक जनामा बाहेक अन्यमा कोरोना महामारीको संक्रमण पुष्टि नभए पनि नेपालमा यसको त्रास बढ्दो छ।
यसबाट जोगिन सावधानीका उपाय अपनाउन विभिन्न क्षेत्रबाट आह्वान हुने गरेको छ।
यही क्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाबाट जोगिन सचेत रहन आग्रह गरेका छन्।
चुनाव हारेका नेतालाई राष्ट्रिय सभामा ल्याइएको विषयमा देउवाले यो पार्टीको निर्णय भएको भन्दै केही प्रतिक्रिया दिएनन्।
देउवाले पश्चिम सेती, पञ्चेश्वर र सुख्खा बन्दरगाहले सुदूरपश्चिम प्रदेशलाई समृद्धितर्फ लैजाने बताए।
उनले आफू प्रधानमन्त्री हुँदा यी विषयलाई निकै प्रथमिकता दिएको बताउँदै गौरिफन्टा नाका पनि प्राथमिकतामा रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्