भारतले लगायो प्यारासिटामोल र भिटामिन बी सहित २६ औषधिको निर्यातमा प्रतिबन्ध

काठमाडौं। कोरोना भाइरसको संक्रमितहरुको संख्या बढेसँगै भारत सरकारले औषधि र भिटामिनहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ।

भारतको ‘विदेश व्यापार महानिर्देशनालय’ले २० फागुनमा एक सूचना जारी गर्दै प्यारासिटामोल लगायत २६ वटा औषधीहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ। निर्यात प्रतिबन्धित केही एन्टिबायोटिक्स र भिटामिनहरु पनि छन्।

सूचीमा प्यारासिटामोल, भिटामिन बी१, भिटामिन बी२, भिटामिन बी१२ र तिनको निर्माणका लागि आवश्यक पर्ने रसायनहरु समेत छन्।

प्यारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, एसाक्लोभिर, भिटामिनहरु बी१, बी६, बी१२, प्रोजेस्टोरोन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिन, नियोमाइसिन, अर्नीडाजोल लगायतका औषधीहरु निर्यात प्रतिबन्धित सुचीमा छन्।

प्रतिबन्धित औषधीमध्ये धेरैजसो नेपालमा भारतबाट आयात गरिन्छन्। चालु आर्थिक वर्षको सात महीनामा मात्रै नेपालमा १८ अर्ब ५९ करोड ९० लाख ५९ हजार रूपैयाँकाे औषधीको आयात भएको छ।

त्यसमध्ये भारतबाट ६३ लाख ८० हजार रुपैयाँ बराबरको भिटामिन बी१ आयात भएको छ। त्यस्तै १७ लाख ४० हजार रुपैयाँको भिटामिन बी६ र १ करोड १४ लाखको भिटामिन बी१२ आयात भएको छ।

भारतले निर्यात प्रतिबन्ध लगाएका औषधीको सूची जारी सूचनाको तस्वीरमा छ।

प्रतिक्रिया दिनुहोस्