प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, मिर्गाैला प्रत्यारोपण सफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणका लागि गरिएको शल्यक्रिया सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज करीब पाँच घण्टा लगाएर गरिएको प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफल भएको छ।

प्रत्यारोपण टोलीको नेतृत्व गरेका डा. प्रेमराज ज्ञवालीले प्रत्यारोपण सफल भएको र अहिले प्रधानमन्त्री ओलीलाई ‘पोष्ट अपरेटिभ वार्ड’मा राखिएको देखापढीलाई बताए।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको हो।

प्रधानमन्त्रीलाई उनकी भाञ्जी समिक्षा संग्रौलाले मिर्गाैला दिएकी हुन्।

यसअघि प्रधानमन्त्री ओलीले १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका थिए। त्यतिबेला उनकी भाइबुहारी अञ्जना घिमिरले मिर्गौला दिएकी थिइन्।

दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

एकदेखि दुई हप्तासम्म अस्पताल बसेपछि प्रधामनन्त्री ओली डिस्चार्ज हुने शिक्षण अस्पताल स्रोतले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्