काठमाडौं। भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन ‘बी कप्लेक्स’सहित अन्य २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ।
कोरोनाविरुद्ध लडाईंका क्रममा आवश्यक पर्ने औषधि निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले औषधिको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। र, उसको यो निर्णय लागू भइसकेको छ। योसँगै नेपालमा यसको के असर पर्छ भन्ने चर्चा शुरू भएको छ।
नेपालले आवश्यक अधिकांश औषधि भारतबाट आयात गर्दै आएको छ। त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधि र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ नै।
औषधि व्यवस्था विभागले नेपालमा रहेको स्टक औषधिले आगामी चार महीनासम्म पुग्ने बताएको छ। भारतले गरेको निर्णय कडाइसाथ लागू भए पनि आउँदो तीन/चार महीनासम्मको लागि नेपाली बजारमा औषधिको अभाव नहुने विभागको दाबी छ।
भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यहाँको ‘वैदेशिक व्यापार महानिर्देशनालय’ले अनिश्चितकालका लागि औषधिको निर्यात बन्द गर्ने निर्णय गरेको हो।
भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको छ। त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ।
अब भारतका औषधि उत्पादकहरूले टिनिडाजोल, मेट्रोनिडाजोल, एसाक्लोभिर, प्रोजेस्टोरोन, क्लोरमफेनिकल, इरिथ्रोमाइसिन, नियामाइसिन, अर्नीडाजोललगायतका औषधिहरू समेत निर्यात गर्न पाउँदैनन्।
प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट, २१ फागुनदेखि नै भारतले सीमानाकामा औषधि रोक्न थालेको छ। भारतले निर्णय गर्नुअघि नै नेपाल ल्याउन ठिक्क पारिएका केही कन्टेनर औषधि भारतले चेकजाँच नै नगरेको व्यवसायीहरूले बताएका छन्।
नेपाली बजारले माग धान्न सक्ला त ?

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भारतले प्रतिबन्ध लगाएपछि आत्तिहाल्नुपर्ने अवस्था नरहेको देखापढीलाई बताए। उनले भने, “व्यवसायीहरूले कम्तीमा पनि ३/४ महीनाको लागि स्टकमा औषधि आयात गरेका हुन्छन्।”
यसका साथै, नेपाली औषधि उत्पादकहरूसँग थप तीन महीना पुग्ने कच्चा पदार्थ स्टक रहेको विभागले जनाएको छ। उनीहरूले पनि आयातकर्ताहरूले जस्तै तीन महीनाका लागि कच्चा पदार्थ स्टकमा राखेर काम गर्ने गरेको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।
नेपालमा प्यारासिटामोल उत्पादन गर्ने २५–३० वटा उद्योग दर्ता भएका छन्। तीमध्ये ५–६ वटा उद्योगले मात्र नियमित औषधि उत्पादन गर्दै आएका छन्। उनीहरूले दैनिकरूपमा आफ्नो पूर्ण क्षमतामा औषधि उत्पादन गरे नेपालमा अभाव नहुने केसीको दाबी छ।
विभाग भन्छ- औषधि अभाव हुँदैन
औषधि व्यवस्था विभागले नेपाली बजारमा औषधिको अभाव नहुने बताएको छ। भारतले हाल १३ प्रकारका औषधि र १३ प्रकारका कच्चा पदार्थ गरी २६ प्रकारका औषधि र औषधिजन्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको हो।
भारतले प्रतिबन्ध लगाएका केही औषधि नेपालमै पनि उत्पादन हुन्छन् । त्यसैगरी, प्यारासिटामोलको सुईबाहेक अन्य ट्याबलेट प्रशस्त मात्रामा नेपालमै उत्पादन हुने गरेको विभागले जनाएको छ।
भारतले प्रतिबन्ध लगाएका कतिपय औषधि चीनबाट पनि आयात गर्न मिल्ने विभागको भनाइ छ। तर, चीन आफैं कोरोना महामारीविरुद्ध लडिरहेकाले चीनबाट समुद्रीमार्ग हुँदै औषधि आयात त्यति सहज भने छैन।
यसबाहेक बंगलादेशबाट पनि ती औषधि र कच्चा पदार्थको आयात गर्न सकिने विभागले जनाएको छ।
औषधि बोकेका कन्टेनर सीमामै रोकिए

आज औषधि व्यवस्था विभागसँगको आन्तरिक छलफलका क्रममा औषधि आयातकर्ताहरूले भारतले आजैदेखि औषधिको निर्यात बन्द गरेको बताए। उनीहरूले २० फागुनमा नाकामा आएर आज नेपाल छिर्न ठिक्क रहेका औषधिका कुनै पनि कन्टेनर भारतीय भन्सारले जाँचपास नगरेको बताएका हुन्।
विभागमा उपस्थित आयातकर्ताहरूले झण्डै ४०-५० कन्टेर सीमानाकामा रोकिएको जानकारी दिएका छन्।
भारतको यो निर्णयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि झस्केको छ।
भारतमा खपत हुने औषधिको करीब एक प्रतिशतमात्र नेपालमा निर्यात हुने गरेको छ। सानो परिमाणमा आयात हुने र थोरै औषधिले पुग्ने भएकाले भारतले नेपाललाई प्रतिबन्ध फुकुवा गर्ने आशा मन्त्रालय स्रोतले व्यक्त गर्यो।
भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएको सूचना पाएपछि वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरू औषधि व्यवस्था विभागसँगको छलफलमा जुटेका छन्। त्यसैगरी मन्त्रालयले औषधि उत्पादक र आयातकर्ताहरूसँग पनि छलफल शुरू गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले औषधि निर्यातमा लगाइएको प्रतिबन्ध नेपालका लागि खुलाउन भारतसँग अनौपचारिक पहल शुरू गरिसकेको देखापढीलाई बताए। उनले भने, “अहिले हामीले औपचारिकरूपमा पहल थालेका छैनौं। तर, भारतसँग यसबारे थप बुझ्दैछौं।”
राज्यमन्त्री दुगड भोलि, २२ फागुनमा ग्लोबल बिजनेश समिटमा सहभागी हुन भारत जाँदैछन्। त्यसक्रममा उनले भारतीय समकक्षीहरूसँग यसबारे छलफल गर्ने बताइएको छ।

पढ्नुहाेस्ः
भारतले लगायो प्यारासिटामोल र भिटामिन बी सहित २६ औषधिको निर्यातमा प्रतिबन्ध
" /> काठमाडौं। भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन ‘बी कप्लेक्स’सहित अन्य २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ।कोरोनाविरुद्ध लडाईंका क्रममा आवश्यक पर्ने औषधि निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले औषधिको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। र, उसको यो निर्णय लागू भइसकेको छ। योसँगै नेपालमा यसको के असर पर्छ भन्ने चर्चा शुरू भएको छ।

">