काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा लामो समयदेखि रिक्त रहेका विभागहरू गठन गरेसँगै कांग्रेसभित्र विवाद चुलिएको छ।

विवाद यतिसम्म बढेको छ कि कांग्रेसका नेताहरू सार्वजनिक रूपमा आरोप-प्रत्यारोप मात्र होइन, हिलो छ्यापाछ्यापकै शैलीमा उत्रिएका छन्।

केहि दिन अघिमात्र हेटौंडा पुगेर वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले पार्टीका विभागहरू गठन गर्न सभापति देउवाले विभागका प्रमुखहरूसँग पैसा लिएको आरोप लगाएका थिए। यो आरोप सुनेपछि नवनियुक्त संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले कसैको नाम नलिई ‘जथाभावी बोल्नेको जिब्रो थुत्ने’ टिप्पणी गरेका थिए।

“रामचन्द्रजी बच्चा हो र हामीलाई पैसा खुवाएर पद पाए भन्ने?”, श्रेष्ठले आज देखापढीसँग भने, “केटाकेटी जस्तो कुरा गर्न उहाँलाई किन अप्ठेरो नलागेको, उहाँको कुरा सुनेर म चकित परेको छु।”

संगठन विभाग प्रमुख हुन आफू पैसा तिर्नुपर्ने मान्छे नरहेको र सभापतिले सिनियरहरूको सहयोग चाहियो भनेकाले मात्र आफू नेतृत्व स्वीकार्न गएको उनले बताए। “रामचन्द्रजीले हावा कुरा गर्ने बानी छोडनु पर्छ”, श्रेष्ठले भने।

कांग्रेस सभापति देउवाले १९ फागुनमा शुभेच्छुक संस्था समन्वय विभाग एनपी साउँद, वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा अम्बिका बस्नेत, महिला विभागमा ईश्वरी न्यौपानेलाई मनोनीत गरेका थिए।

यस्तै, राज्य प्रशासन विभागमा केशवकुमार बुढाथोकी, खेलकुद विभागमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वय विभागमा बीरबहादुर बलायर र शिक्षा विभागमा हरिप्रसाद नेपाललाई प्रमुखका रूपमा मनोनीत भएका थिए।

देउवाले सोही दिन केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कांग्रेसको जेष्ठ राजनीतिज्ञ सभाका सदस्यहरू समेत मनोनीत गरेका थिए।

त्यसपछि कांग्रेसमा विवाद झन् चुलिएको छ।

महाधिवेशनको मिति घोषणापछि केही समय एकताबद्ध झैं देखिएका कांग्रेसका दुई भिन्न गुटका नेता फेरि एक अर्कामाथि कटाक्ष गर्न केन्द्रित भएका छन्।

विवाद कतिसम्म बढेको छ भने १४औं महाधिवेशन प्रभावित गर्न बोलाइएको भन्दै जिल्ला उपसभापतिहरूको भेला बहिस्कार गर्ने निर्णय रामचन्द्र पौडेल पक्षका नेताहरूले गरेका छन्।

पौडेल पक्षकै असन्तुष्ट नेताहरूले सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा विभागका पदाधिकारी र सदस्य मनोनयन गरेको भन्दै आज कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा छुट्टै बैठकसमेत गरेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा लामो समयदेखि रिक्त रहेका विभागहरू गठन गरेसँगै कांग्रेसभित्र विवाद चुलिएको छ।

"> कांग्रेसमा छताछुल्ल भो विवाद, गोपालमानले भने- ‘रामचन्द्रजी बच्चा हो?’: Dekhapadhi
कांग्रेसमा छताछुल्ल भो विवाद, गोपालमानले भने- ‘रामचन्द्रजी बच्चा हो?’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्