काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताएका छन्।
आज अर्थमन्त्रीमा पुनः नियुक्त भएका खतिवडाले पदभार सम्हालेपछि देशमा व्याप्त गरीबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईंमा जित प्राप्त नगर्दासम्म नफर्किने बताएका हुन्।
पदभार ग्रहणपछि खतिवडाले आफू न्याय र समानताको पक्षमा लडाईं लड्ने योद्धा भएको र कमाण्डरले फिर्ता नबोलाउँदासम्म नआउने बताए।
“कार्यकालको विषयमा शुरूकै दिन के हिसाब गर्नु। बजेट निर्माण, आर्थिक नीति अगाडी बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन, सामाजिक न्याय र समानताको पक्षको लडाईं लड्ने म योद्धा हुँ”, उनले भने, “योद्धा लडाईंमा त्यो बेलासम्म लडिरहन्छ जुन बेलासम्म कमाण्डरले फिर्ता होउ भन्दैन या युद्ध जित्दैन। मेरो कार्यकाल पनि त्यही हो।”
गरीबी, अभावसँग, भोक, असमानता र अन्यायको विरुद्धमा लडिरहने भएकाले यसको कुनै समयसीमा नहुने बताए।
दोस्रो कार्यकालमा स्वभाविक रूपमा चुनौतीहरू थपिएको उनले बताए।
आज नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिवद्धताहरू, नीति तथा कार्यक्रमहरु र बजेटमार्फत बोलेका कुरा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
पहिलो कार्यकालमा भएका कामहरू सुदृढ ढंगले अघि बढाउने र पूरा नभएका कामहरू पूरा गर्दै जाने खतिवडाले बताए।
खतिवडाले आज नै पद तथा गोपनियताको शथप लिएका थिए। यसअघि २० फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिएका थिए।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताएका छन्।आज अर्थमन्त्रीमा पुनः नियुक्त भएका खतिवडाले पदभार सम्हालेपछि देशमा व्याप्त गरीबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईंमा जित प्राप्त नगर्दासम्म नफर्किने बताएका हुन्।

">