यी हुन् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक

काठमाडौं। आज प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफल शल्यक्रिया गरिएको छ।

झण्डै पाँच घण्टा लगाएर गरिएको शल्यक्रिया सफल भएपछि चिकित्सकहरू प्रफुल्लित देखिन्थे।

शल्यक्रियामा संलग्न चिकित्सकको टोलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले धन्यवाद व्यक्त गरेका छन्।

मिर्गाैला प्रत्याराेपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्त कुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाई र डा. सुजित पौडेल संलग्न थिए।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा.रविन नेपाली र डा.सन्तोष क्षेत्री संलग्न रहेको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा. अमीत शर्मा भट्टराई र डा. विगेनमान शाक्य संलग्न थिए।

प्रतिक्रिया दिनुहोस्