काठमाडौं। २० फागुनमा शिक्षा मन्त्रालयले ५ चैतभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सक्न निर्देशन दियो। विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन दिइएको थियो।
मन्त्रालयको त्यो निर्देशनले विद्यार्थी र अभिभावकमा त्रास बढाइदिएको छ।
जनस्वास्थ्यविद्ले भने मन्त्रालयको उक्त निर्देशन आलोकाँचो निर्णय भएको टिप्पणी गरेका छन्।
जनस्वास्थ्यविद् शरद वन्तले भने, “भयावह अवस्था नै आएको हो भने तुरुन्त विद्यालय बन्द गराउनुपर्थ्यो तर, चैत ५ गतेभित्र परीक्षा गर्न निर्देशन दिनु विद्यार्थीसँगै अभिभावकलाई पनि त्रासमा पार्ने अधकल्चो काम हो।”
वन्तले मन्त्रालयको निर्देशन समय सान्दर्भिकसमेत नभएको टिप्पणी गरे। भने, “अहिले नै स्कुल बन्द गर्नुपर्ने कारण म केही पनि देख्दिनँ। सबैभन्दा जोखिममा बालबालिका हुन्छन् कि हुँदैनन् भन्ने त थाहा हुनुपर्यो।”
उनले स्कुल बन्द गर्नुमात्र समाधान नभएको समेत उल्लेख गरे।
“स्कुल बन्द गर्नुमात्र यसको समाधान होइन”, वन्तले भने, “ती विद्यार्थी स्कुलमा भन्दा अरु ठाउँमा झनै एक्सपोज हुनसक्छन्।”
अहिलेसम्मको अध्ययनले बालबालिकालाई भन्दा वयस्कलाई बढी प्रभाव पारेको देखिएको उनले बताए। त्यसैले अहिलेको अवस्थामा स्कुल नै सुरक्षित देखिएको उनको ठम्याइ छ। भने, “स्कुललाई नै आइसोलेटेड वार्ड जस्तै बनाउन सकिन्छ। विद्यार्थीहरूलाई विद्यालयमै कोरोनाबाट बच्ने उपाय अपनाएर सुरक्षित बनाउन सकिन्छ।”
राष्ट्रिय कार्यक्रमको आवश्यकता
जनस्वास्थ्यविद् वन्तले कोरोना भाइरसको प्रकोप भइहाले नियन्त्रणका लागि सरकारले आवश्यक तयारी राम्रोसँग नगरेको टिप्पणी पनि गरे।
उनले देखापढीसँग भने, “नेपालले आफ्नो हैसियत अनुसारको तयारी गरेको छ। तर, हाम्रा विद्यमान स्रोत, साधन र संरचनाले कोरोना प्रकोप भइहाले धान्न सक्ने अवस्था छैन।”
उनले त्रास फैलाउनुको साटो तयारीका लागि प्याकेज बनाउनुपर्नेमा जोड दिए।
“परीक्षा चाँडो गर भन्नु भनेको त झन् त्रास सिर्जना गर्नु हो”, वन्तले भने, “त्यसको साटो हामीसँग राष्ट्रिय कार्यक्रम हुनुपर्छ। एउटा प्याकेज बनाएर काम गर्नुपर्छ।”
वन्तका अनुसार प्याकेज बनाउनुको अर्थ हो- शुरूमा संक्रमणबाट जोगिन जनचेतना फैलाउने। त्यति हुँदाहुँदै पनि कोही संक्रमित भइहाल्यो भने शीघ्र पहिचानका लागि परिक्षणको व्यवस्था मिलाउने।
“अहिले राष्ट्रिय प्रयोगशाला बाहेक अरु कतै पनि कोरोनाको परीक्षण हुँदैन। हामीले परीक्षणको क्षमता बढाउन जरुरी छ”, वन्तले भने।
उनले सरकारले संक्रमण देखिएको अवस्थामा उपचार गर्नसक्ने गरि तयारी गर्न अनुरोध गरे।
“हाम्रो सेवा प्रवाह निकै न्यून छ। १०० जनालाई भर्ना गर्नुपर्यो भने राम्रोसँग उपचार गराउने सुविधा छैन। त्यसकारण सरकारका तीन तहमै हामीले तयारी गर्नुपर्छ”, उनले भने।
" /> काठमाडौं। २० फागुनमा शिक्षा मन्त्रालयले ५ चैतभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सक्न निर्देशन दियो। विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन दिइएको थियो।मन्त्रालयको त्यो निर्देशनले विद्यार्थी र अभिभावकमा त्रास बढाइदिएको छ।

">