आफैंमाथि जोखिम मोलेर प्रधानमन्त्री ओलीले खडा गरिदिएको नैतिक प्रश्न
काठमाडौं। पछिल्लो समय दलका नेताहरूलाई लाग्ने गरेको एउटा संगीन आरोप हो– रुघाखोकी लाग्दा पनि उपचारका लागि विदेश दौडिन्छन् !

हुन पनि सत्तामा भएका होऊन् या नभएका, स्वास्थ्य समस्या देखिने बित्तिकै प्रायः नेताहरू उपचारका लागि विदेश कुद्छन्।

मुलुकका राष्ट्रपतिदेखि प्रमुख कार्यकारी मात्र किन, यसमा सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुरसम्म पर्छन्।

विश्वको जुनसुकै ठाउँमा गएर भएपनि स्वास्थ्य सेवा लिन पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो। व्यक्तिगत रूपमा जसले जहाँबाट पनि उपचार सेवा लिन सक्छ।

तर, नेपालमै उपचार सम्भव हुने स्वास्थ्य समस्याको निदानका लागि राज्यकोषमा भार पारेर विदेश जानु सायदै राम्रो मानिएला।

यो किन पनि हो भने नेताहरूको उपचार खर्चमा मात्र वर्षेनी करोडौं रकम राज्यकोषबाट खर्च गरिन्छ। २०६२/६३ को जनआन्दोलनपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतका उच्चपदस्थ व्यक्तिको उपचारमा पाँच अर्ब बढी रकम खर्च भइसकेको छ।

तर, अघिल्लो वर्ष बनाइएको जनस्वास्थ्य ऐनअनुसार सरकारी खर्चमा विदेशमा उपचार गर्न जान पाइँदैन। उक्त कानून अनुसार विदेशमा उपचार गर्नेले आफ्नो खर्च आफैं व्यहोर्नुपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसअघि विदेशमा उपचार गराएका थिए। उनको मिर्गौलाको प्रत्यारोपण भारतमा भएको थियो। तर, पछिल्लो समय भने उनले स्वदेशमै उपचार गर्न थालेका छन्।

गएको १० मंसिरमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए। जसको खर्च दुई लाख ५४ हजार ६८८ रूपैयाँ मात्र भएको थियो।

‘यहाँ उपचार कमजोर हुन्छ भन्ने होइन, तर ठूलो कम्पिलकेसन आउँदा हाम्रो तयारी र बुताले नपुग्न पनि सक्थ्यो। तर, प्रधानमन्त्रीले आफ्नै जीवनको जोखिम मोलेर स्वदेशी अस्पताल र चिकित्सकप्रति विश्वास देखाउनुभो’- प्राध्यापक कृष्ण पोखरेल।

प्रधानमन्त्री ओली गत कात्तिकदेखि नै बिरामी पर्न थालेका थिए। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि उनको नियमित डायलासिस हुनथालेको थियो। चिकित्सकहरूले मिर्गौलाको पुनः प्रत्यारोपणको तयारी शुरू गरेपछि उनको प्रत्यारोपण अमेरिकालगायत प्रविधिका हिसाबले सुविधा सम्पन्न मुलुकमा हुने चर्चा पनि चल्यो।

तर, प्रधानमन्त्री ओलीले दोस्रोपटक गर्न लागेको मिर्गाैला प्रत्यारोपणका लागि स्वदेशी अस्पताल नै रोजे। र, आज त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल स्वदेशमै मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्रीले ‘ठूलो रिस्क’ लिएको बताउँछन्। र, यसलाई स्वदेशी अस्पतालप्रति प्रधामन्त्रीको विश्वासका रूपमा पनि लिन्छन्, उनी।

“प्रधानमन्त्रीले ठूलो रिस्क लिनुभएको हो”, खनाल भन्छन्, “यहाँ उपचार कमजोर हुन्छ भन्ने होइन, तर ठूलो कम्पिलकेसन आउँदा हाम्रो तयारी र बुताले नपुग्न पनि सक्थ्यो। तर, उहाँले आफ्नै जीवनको जोखिम मोलेर स्वदेशी अस्पताल र चिकित्सकप्रति विश्वास देखाउनुभो।”

योसँगै प्रधानमन्त्री ओलीले अबका दिनमा एउटा नैतिक प्रश्न सबैसामु खडा गरिदिएका छन्। त्यो हो– उच्चपदस्थ पदाधिकारी एवं दलका नेताहरूले विदेशमा उपचार गर्न जानुअघि ‘धेरैपटक सोच्नुपर्ने’ छ।
जनस्वास्थ्यबारे विमर्श गरिरहने डा. सरोज धिताल पनि स्वदेशमै मिर्गाैला पुनः प्रत्यारोपण गर्ने निर्णय गरेर प्रधानमन्त्रीले एउटा ठूलो विजय हासिल गरेको बताउँछन्।

‘स्वदेशमै पुनः प्रत्यारोपण गर्ने निर्णय गरेर प्रमले एउटा ठूलो विजय त हासिल गरिसक्नु नै भयो’ डा. धितालले आज ट्विटरमा लेखका छन्, ‘शरीरका सबै संयन्त्रले नयाँ मिर्गौलालाई त्यसरी नै स्वागत गरुन्, जसरी हराएको बालक घर फर्किँदा परिवारले स्वागत गर्छ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्