देउवाले भने- ‘संविधानको मर्मविपरीत आएका विधेयक मान्दैनौं’ <p>काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन्।</p> <p>नेपाल ट्रेड युनियन कांग्रेसको ७४औं स्थापना दिवसका अवसरमा आज काठमाडाैंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको आरोप लगाएका हुन्।</p> <p>&ldquo;यसको विरुद्धमा कांग्रेस एकजुट हुन जरुरी छ&rdquo;, उनले भने, &ldquo;संसद्&zwj;मा प्रतिपक्षको भूमिका बलियो हुँदै गएको छ।&rdquo;</p> <p>देउवाले पार्टीभित्रको झगडाका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने उल्लेख गरे। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्