बढ्दै तापक्रम, कोरोना भाइरसको प्रभाव कम हुने

काठमाडौं। काठमाडौंसहित देशभर तापक्रम बढ्न थालेको छ।

२१ फागुनमा काठमाडौंको तापक्रम २३.५ डिग्री सेल्सियस रेकर्ड भएको छ।

१८ फागुनदेखि काठमाडौंको तापक्रम बढ्न थालेको हो।

२१ फागुनमा धनगढीमा २९, दिपायलमा २७.२, वीरेन्द्रनगरमा २५.८, नेपालगन्जमा २८.७, सिमरामा २९ र विराटनगरमा २८.६ डिग्री रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मुलुकभरि नै न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको छ।

आजको कान्तिपुर दैनिकको समाचार अनुसार ४ देखि १० डिग्रीसम्म तापक्रम भएको क्षेत्रमा कुनै पनि भाइरस लामो समयसम्म बाँच्न सक्छ।

३० डिग्री हाराहारी तापक्रम पुगेपछि त्यस्ता भाइरस आफैं निष्क्रिय हुँदै जान्छन्। उच्च आद्र्रतालाई भाइरसले मन पराउँदैनन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि उच्च तापक्रम भएको क्षेत्रमा भाइरस लामो समय बाँच नसक्ने उल्लेख गरेको छ। मार्च, अप्रिल, मे र जुन तापक्रम बढी हुने महीना हुन्।

मार्चमा काठमाडौंमा औसत २५ देखि ३३ डिग्रीसम्म तापक्रम रेकर्ड हुने गरेको देखिन्छ।

अहिले विश्वव्यापी रूपमा फैलिँदै गरेको कोरोना भाइरसको संक्रमण पनि बढ्दो तापक्रममा कम हुने चिकित्सकहरूले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला तापक्रम बढ्दा भाइरसको जोखिम कम हुने देखापढीलाई बताउँछन्।

उनी भन्छन्, “तापक्रम बढ्यो भने कोरोना भाइरसको जोखिम पक्कै पनि कम हुँदै जान्छ, तापक्रमकै कारणले होला थाइल्याण्ड र मलेसियामा कोरोनाका केसहरू त्यति देखिएका छैनन्।”

प्रतिक्रिया दिनुहोस्