एक जना व्यवसायीचाहीँ टेलिभिजनमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको महिला क्रिकेट हेर्दै थिए। केही चाहीँ मोबाइलमा तास खेलिरहेका थिए।
महाबौद्ध क्षेत्रका व्यवसायीहरूलाई हत्तपत्त यसरी फुर्सदमा भेट्न सकिन्न्।
चीनबाट सामान ल्याएर होलसेलमा बेच्ने यी व्यापारी हरेक दिनजसो असिनपसिन हुँदै व्यापारमै व्यस्त हुन्थे।
उनीहरूलाई ग्राहकसँग पनि राम्ररी बोल्ने फुर्सद नै हुँदैनथ्यो।
अहिले कोभिड-१९ को प्रकोपका कारण चिनियाँ नाकाबाट नेपालमा आयात ठप्प छ। चीनसँगको मूख्य व्यापारिक नाका रसुवागढी बन्द भएको एक महीना भइसक्यो।
व्यवसायीले अर्डर गरेका सामग्री चिनियाँ शहरमै रोकिएका छन्। यता तातोपानी नाकाबाट पनि सामान आएको छैन्।
बजारमा बिक्रीका लागि सामान नै नहुँदा व्यवसायीहरू अहिले घाम ताप्दै बसिरहेका छन्।
अर्डर गरेको सामान नेपाल नआएकै कारण महाबौद्ध क्षेत्रको व्यापारमा ८० प्रतिशतसम्म कमी आएको व्यवसायीहरू बताउँछन्।
‘‘नाका बन्द हुनुअघि आएको सबै सामान विक्री भइसकेको छ’’, बि.के कम्प्लेक्सका सञ्चालक रोशन श्रेष्ठले भने, ‘‘गोदाम खाली भएपछि व्यापार नै ठप्प भएको छ।’’
कपडाको व्यापार गर्ने बि.के कम्प्लेक्सले गर्मी मौसमका लागि ल्याएको सबै कपडा बेचिसकेको छ।
तातोपानी र केरुङ नाकाबाट आउँदै गरेको सात कन्टेनर सामान उतै रोकिएको सञ्चालक श्रेष्ठले बताए।
उनले भने, ‘‘आफ्नो देशमा मात्र फैलिँदा त नाका बन्द गरेको चीनले अब विश्वभर फैलिँदै गएपछि खोल्ने त सम्भावनै छैन।’’
दैनिक औषत ३-४ लाख रूपैयाँको व्यापार हुँदै आएकोमा अहिले ८० प्रतिशतसम्म कमी आएको श्रेष्ठले बताए। उनले भने, “अहिले दैनिक ६० देखि ७० हजारको पनि व्यापार हुँदैन।”
अर्का व्यवसायी राजन श्रेष्ठले पनि व्यापार ठप्प भएको बताए। भने, “यसअघि ल्याएको सबै सामान बिक्री भइसकेको छ। करोडौंको सामग्री खासामा रोकिएको छ।”
पसल रित्तो भएपछि श्रेष्ठ केही दिनपछि सटर बन्द गरेर आफ्नो पुख्र्यौली घर धुलिखेल जाने योजनामा छन्।
चीनबाटै कपडा ल्याएर बेच्दै आएका वटू टोलकै बाबुकाजी श्रेष्ठले पनि आफ्नो सामान खासा बजारमा रोकिएको जानकारी दिए।
स्टक सकिँदा नेपालभर प्रभाव
यसअघि ल्याएको सबै स्टक सकिएपछि नेपालभरको कपडा व्यापार प्रभावित बन्ने भएको छ।
महाबौद्धका होलसेल व्यापारीले विगत एक महीनादेखि चीनबाट थप सामान ल्याउन पाएका छैनन्।
जससँगै उनीहरुको गोदाम रित्तिँदा नेपालगञ्ज, विराटनगर, धरान, बनेपा, बुटवल लगायतका स्थानमा सामान पठाउन नपाएको बि.के. कम्प्लेक्सका श्रेष्ठले बताए। उनी भन्छन्, ‘‘हामी काठमाडौंमा बसेर नेपालभरका व्यवसायीलाई वितरण गर्छौ।’’
तर, सामान नहुँदा उपत्यका बाहिरबाट आएका व्यवसायीहरुलाई सामान दिन नपाएको उनले गुणासो गरे। यद्यपी उपत्यका बाहिरका व्यपारीहरुले यसअघि नै लगेको सामान नसकिँदासम्म सटेज हुँदैन।
तर, त्यो सामान सकिएपछि भने नेपालभर कपडाको अभाव हुने व्यपारीहरु बताउँछन्।
चीनमै रोकिए लत्ताकपडाका चार सय कन्टेनर
कोरोना भाईरसको कारणले चीनको खासा र केरुङमा गरी झण्डै ४०० वटा कन्टेनर रोकिएको व्यवसायीहरूले बताएका छन्।
ती कन्टेनरमा गर्मी सिजनमा बिक्री हुने लत्ताकपडा लोड भएका छन्। कपडासँगै चीनबाट आउने इलेक्ट्रिक सामान पनि होलसेल पसलमा पाइन छोडेको छ।
नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले लोड भईसकेका सामान ल्याउन अनौपचारिक पहल शुरू भए पनि दबाब नदिने पक्षमा रहेको बताए।
उनले भने, ‘‘कपडा वा खाद्यान्नको सामानमै भाइरस सर्ने भएकाले ती सामानहरु नेपाल ल्याउँदा भाईरस पनि आउने सम्भावना हुन्छ। भाइरस ल्याउनुभन्दा बरू सामान नै नआओस्।”
स्याउ र लसुन कन्टेनरमै कुहिन थाल्यो
चीनबाट नेपाल ल्याउन लोड गरिएका स्याउ र लसुनका कन्टेनर चीनमै रोकिएका कारण कुहिन थालेको व्यवसायीहरूले बताएका छन्।
नेपाल ल्याउनका लागि स्याउ र लसुन लोड भएका करिब ४०० जति कन्टेनर खासा र केरूङ नआइपुग्दै रोकिएको व्यवसायीहरूले जानकारी दिए।
ती कन्टेनरमा एक महीना अगाडी नै स्याउ र सुन्तला लोड भएको व्यवसायीहरूले बताएका छन्।
नेपाली व्यवसायीहरूले खाद्यन्नको सामाग्री नेपाल पठाइदिन आग्रह गरेको भए पनि चिनियाँ पक्षले अस्वीकार गरेको छ।
" />एक जना व्यवसायीचाहीँ टेलिभिजनमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको महिला क्रिकेट हेर्दै थिए। केही चाहीँ मोबाइलमा तास खेलिरहेका थिए।

">