काठमाडौं प्रशासनले भन्यो- 'उत्सव, मेलालगायतका कार्यक्रम नगर्नू, सहभागी नहुनू'

काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरसको संक्रमणबाट जोगिन अर्को निर्णय नभए सम्मका लागि विभिन्‍न उत्सव, मेला, पर्व (होली) लगायतका कार्यक्रमको आयोजना नगर्न अनुरोध गरेको छ।

प्रशासनले आज सूचनामार्फत त्यस्ता कार्यक्रमहरूमा सहभागी नहुन समेत अनुरोध गरेको छ।

नेपाल कोरोना भाइरसको संक्रमणको उच्‍च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले भनेकोले कोभिड-१९ बाट जोगिन प्रशासनले आग्रह गरेको हो।

प्रशासकीय अधिकृत मानबहादुर बुढाले भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्क्रमहरू नगर्न नेपाल सरकारले गरेको अनुरोधलाई ख्याल राखेर सार्वजनिक आव्हान गरेको बताए।

प्रतिक्रिया दिनुहोस्