निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी मुद्दा सर्वोच्च अदालतको वृहत पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं। बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आवश्यकता भन्दा बढी रुख काट्न लागिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ।

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाख फुयाला र मनोजकुमार शर्मा सम्मिलित वृहत पूर्ण इजलासले यो रिटको सुनुवाइ गरिरहेको हो।

यसअघि ४ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलासले यो रिटलाई वृहत पूर्ण इजलासमा पेश गर्न आदेश दिएको थियो।

रन्जुहजुर पाँडे क्षेत्रीसहितका पूर्वप्रशासकहरूले विमानस्थल निर्माणका क्रममा रुख काट्ने काम तत्काल अघि नबढाउन अन्तरिमआदेशसमेत माग्दै १७ मंसीरमा रिट दायर गरेका थिए।

२० मंसीरमा सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानले विमानस्थल निर्माण र रुख कटानको काम तत्काल रोक्न र अन्तरिम आदेश दिने नदिनेबारे छलफलमा आउन आदेश दिएको थियो। थप छलफलपछि अन्तरिम आदेश दिने नदिने निर्णय हुने भए पनि त्यसको टुंगो नलागुन्जेललाई रुख काट्ने तथा बुट्यान हटाउने लगायतका काम रोक्न आदेश दिएको थियो।

त्यसपछि ६ पुसमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी गरेको थियो।

त्यसअघि नै २४ भदौमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले उस्तै माग राखेर रिट दर्ता गरिसकेका थिए। २९ भदौमा न्यायाधीश वमकुमार श्रेष्ठले अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएकोमा २४ कात्तिकमा न्यायाधीशद्वय ईश्वरप्रसाख खतिवडा र वमकुमार श्रेष्ठकै इजलासले यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।

४ फागुनमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश रेग्मीको इजलासले यी दुवै रिटलाई साथै राखेर सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तिम आदेश जारी नगरुन्जेलसम्मका लागि रुख नकाट्न आदेश दियो।

बाराको निजगढस्थित जंगल क्षेत्रमा आठ हजार हेक्टर क्षेत्रफलमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजना छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको यो विमानस्थलको निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिच इन्टरनेसनल एयरपोर्ट छनोट भइसकेको छ। लगानी बोर्डले उक्त कम्पनीसँग विस्तृत प्रस्ताव पनि मागिसकेको छ।

पढ्नुहाेस्

निजगढ विमानस्थलका लागि रुख काट्ने कि नकाट्ने भन्ने विवादकाे सुनुवाइ अब सर्वोच्चको पूर्ण इजलासमा

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वाेच्चको अन्तरिम आदेश

निजगढ विमानस्थल निर्माण गर्न जुरिच इन्टरनेशनलसँग प्रस्ताव माग

निजगढ विमानस्थल बनाउन ‘जुरिच एअरपोर्ट' 'सर्टलिष्ट'मा

प्रतिक्रिया दिनुहोस्