काठमाडौं। अब सुन बैंकमा जम्मा गर्दा ब्याज पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकको आज निर्देशन जारी गरेर सुन निक्षेप योजना शुरू गरेको हो। यसअघि बैंकमा सुन धितो राखेर ऋण लिन पाइने व्यवस्था थियो।
राष्ट्र बैंकको निर्देशन अनुसार, २५ ग्रामभन्दा बढी सुनमात्रै बैंकले बचत (निक्षेप)को रूपमा लिनेछन्। कम्तीमा ९९५ फिटनेश सुन मात्रै बैंकले निक्षेपको रूपमा लिन पाउने छन्। सुनको यस्तो शुद्धता तथा तौल मापन गर्नका लागि बैंकले छुट्टै संयन्त्र बनाउनुपर्ने हुन्छ।
सुन निक्षेपका लिनका लागि वाणिज्य बैंकहरूले विस्तृत कार्यविधि बनाई सञ्चालक समितिबाट पारित गराउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। सुन निक्षेप स्वीकार्ने भएमा बैंकले यस्तो निर्णय भएको सात दिन भित्रमा जानकारी गराउनुपर्छ।
त्यसैगरी, ग्राहकहरूले सुन निक्षेप गर्दा साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा फिर्ता लिने शुरूमै यकिन गर्नुपर्छ। बैंकले कम्तीमा ३ वर्ष र बढीमा ५ वर्षको अवधिका लागि सुन निक्षेपको रूपमा लिन पाउने व्यवस्था गरिएको छ। निक्षेप अवधिभन्दा अगाडि निक्षेपकर्ताले भुक्तानी पाउँदैनन्।
सुन निक्षेपको ब्याजदर भने बैंकहरूले नै निर्धारण गर्न सक्नेछन्। तर, नगदमा ब्याज लिने ग्राहकलाई त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्छ भने सुनमा ब्याज लिन चाहने ग्राहकलाई त्रैमासिक रूपमा कम्पाण्डि इन्ट्रेष्ट गणना गरी निक्षेप अवधिपश्चात सुनमा भुक्तानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
त्यसैगरी, १० लाख वा सो भन्दा बढीको सुन निक्षेप गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको छ।
यसरी निक्षेपमा राखिएको सुनको प्रमाणपत्रलाई धितोमा रोखर ऋण पनि लिन पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। त्यसरी धितो राख्दा निक्षेपमा राखिएको सुनको ७० प्रतिशतसम्म कर्जा बैंकले प्रदान गर्न सक्नेछन्। यस्तो कर्जाको ब्याजदर भने सुन निक्षेपमा दिइएको ब्याजजदरमा बैंकले २ प्रतिशतसम्म थप्न पाउनेछन्।
" /> काठमाडौं। अब सुन बैंकमा जम्मा गर्दा ब्याज पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकको आज निर्देशन जारी गरेर सुन निक्षेप योजना शुरू गरेको हो। यसअघि बैंकमा सुन धितो राखेर ऋण लिन पाइने व्यवस्था थियो।राष्ट्र बैंकको निर्देशन अनुसार, २५ ग्रामभन्दा बढी सुनमात्रै बैंकले बचत (निक्षेप)को रूपमा लिनेछन्। कम्तीमा ९९५ फिटनेश सुन मात्रै बैंकले निक्षेपको रूपमा लिन पाउने छन्। सुनको यस्तो शुद्धता तथा तौल मापन गर्नका लागि बैंकले छुट्टै संयन्त्र बनाउनुपर्ने हुन्छ।

">