काठमाडौं। सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।
१८ फागुनको मन्त्रिपरिषद बैठकले पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले चीनको बेइजिङस्थित नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उक्त ठाउँमा पाण्डेलाई पठाउने निर्णय गरिएको जानकारी दिए।
पाण्डेलाई केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले २०७३ सालमै चीनस्थित नेपाली राजदूतमा सिफारिस गरेको थियो।
तर, त्यसपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनको साटो पौड्याललाई राजदूत बनाउने निर्णय गरेको थियो।
" /> काठमाडौं। सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।१८ फागुनको मन्त्रिपरिषद बैठकले पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

">