प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार (भिडिओसहित)

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको बताएको छ।

आज दिउँसो पत्रकार सम्मेलन गर्दै अस्पतालले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री र उनलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य सुधार भइरहेको बताएको हो।

अस्पतालका अनुसार प्रधानमन्त्री ओली र उनकी भाञ्जी समीक्षा दुबैलाई तरल तथा नरम आहार दिन शुरू गरिएको छ।

अस्पतालनका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न शुरू गरेको बताए।

प्रधानमन्त्रीको भाइटल र ल्याव सूचकहरू सामान्य अवस्थामा रहेको प्रा.डा. खड्गाले बताए।

प्रधानमन्त्री ओलीको हिजो, २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भाञ्जी समीक्षाले मिर्गौला दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्