काठमाडौं। चीनको वुहान शहरमा पहिलोपटक देखिएर विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले तीन वटा क्षेत्रमा काम गरिरहेको जनाएको छ।
१८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारले कोभिड–१९ को रोकथामका लागि गरिरहेका कामबारे जानकारी दिइएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोनो भाइरसको संक्रमण नेपालभित्र नदेखिएकाले सरकारको पहिलो प्रयास नेपाल भित्रनै नदिनका लागि भइरहेको बताए।
नेपालमा भाइरसको संक्रमण फैलिन नदिने, फैलिएमा नियन्त्रण गर्ने र औषधि लगायत अन्य अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी सरकारले तीन तहमा योजना बनाएर काम गरिरहेको उनले बताए। त्यसमध्ये सबैभन्दा बढी जोड नेपालमा भित्रन नदिन विमानस्थल र नाकाहरूमा दिइएको छ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ। संक्रमित व्यक्तिलाई नेपाल भित्रन नदिने, शंकास्पद व्यक्तिलाई तुरुन्तै अस्पताल पुर्याएर रोगको पहिचान र उपचार गर्ने तथा बाँकी सबै यात्रुलाई जाँच गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने।
यसअघि नेपालमा एक जना व्यक्ति कोरोना भाइरसको संक्रमित भएको भेटिएको थियो। सञ्चारमन्त्री खतिवडाले अहिले उक्त व्यक्तिलाई निको भइसकेको बताए।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा अहिलेसम्म शंकास्पद देखिएका २६ जनालाई निदानका लागि शुक्रराज ट्रपिकल अस्पताल पठाइएको र त्यसमध्ये २१ जना संक्रमित नभएको पुष्टि भइसकेको बताए। बाँकी पाँच जनाको रिपोर्ट आउन बाँकी छ।
चिकित्सकसहित एक सिफ्टमा ६–७ जनाका दरले स्वास्थ्यकर्मी खटाइएको उनले जानकारी दिए। अन्य अवस्थाको भन्दा दोब्बर संख्यामा स्वास्थ्यकर्मी खटाइएको बताउँदै उनले सात वटै प्रदेशमा टोली पठाइएको जानकारी दिए।
सोही कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपालमा अहिले कोहि पनि संक्रमित नभएको, एक जनालाई देखिएको संक्रमण पनि निको भइसकेको जानकारी दिए।
“विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ, स्थलमार्गका ६ वटा अन्तर्राष्ट्रिय नाकामा सुरक्षा प्रबन्ध मिलाइएको छ। भारतसँग जोडिएका ३७ वटा नाकामा पनि निगरानी गरिएको छ,” उनले भने। अरु नाकामा पनि क्रमशः सुरक्षा व्यवस्था अपनाउँदै जाने उनले बताए।
त्यस्तै नेपालमा संक्रमण फैलिएमा त्यसलाई नियन्त्रण गर्न काठमाडौंका तीन वटा अस्पतालमा आइसोलेटेड वार्ड तयार पारिएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा त्यस्तो व्यवस्था गरिएको हो। त्यसबाहेक उपत्यकाका ठूला अस्पताल र प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए।
आज बिहान बसेको नोबेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालमा औषधि अभाव हुन नदिन आवश्यक तयारी गर्ने निर्णय गरेको थियो। साथै भारतले १३ वटा औषधिको निर्यातमा रोक लगाएपछि नेपालका हकमा त्यसलाई फुकुवा गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।
पढ्नुहोस्
औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकारको आग्रह
" /> काठमाडौं। चीनको वुहान शहरमा पहिलोपटक देखिएर विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले तीन वटा क्षेत्रमा काम गरिरहेको जनाएको छ।१८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारले कोभिड–१९ को रोकथामका लागि गरिरहेका कामबारे जानकारी दिइएको हो।

">