मास्क उत्पादन बढाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने
<p>काठमाडौं। सरकारले मास्कको उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा नेपाली बजारमा मास्कको अभाव देखिएको छ।</p>
<p>हालसम्म नेपालमा कोरोना संक्रमण भएको पुष्टि नभए पनि अहिले बजारमा मास्क पाउन छाडिएको छ। त्यही अभावलाई मध्यनजर गरेर सरकारले निजी क्षेत्रसँगको सहकार्यमा मास्क उत्पादन गर्ने भएको हो।</p>
<p>आज मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले मास्कको आपूर्ति र उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य शुरू भइसकेको बताए। भने, “अबको केही दिनमा उत्पादन शुरू हुने छ।”<br />
</p>
प्रतिक्रिया दिनुहोस्