राजश्वको दायरा भौगोलिक रूपमै फराकिलो बनाइने
काठमाडौं। अर्थ मन्त्रालयले कर र राजश्वको संकलन दायरा भौगोलिक रूपमै फराकिलो बनाउने भएको छ। मन्त्रालयले भन्सार र करको दायरा फराकिलो बनाउने क्रममा अब त्यसलाई भौगोलिक रूपमै विस्तार गर्ने भएको हो।

आन्तरिक राजश्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्रको अधिकार तोक्ने र अन्तःशूल्क अधिकृतको कार्यक्षेत्र तोक्ने निर्णय गर्दै भौगोलिक रूपमा कर र भन्सारको दायरा बढाउने निर्णय भएको हो।

१८ फागुनमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उनले भने, “अब अर्थ मन्त्रालयले भौगोलिक रूपमा पनि कर र भन्सारका दायरालाई फराकिलो बनाउँछ।”

सरकारका राजश्व उठाउने निकायहरू थपघट भइरहने बताउँदै उनले ती निकायहरूले राजश्व संकलन गर्ने कार्यक्षेत्र र उनीहरूका अधिकार स्पष्ट रूपमा तोकिने बताए।

यस्तै, मन्त्रिपरिषद्ले नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट ४३ र ५३ ग्रेडको विशिष्टिकरण अनिवार्य गर्ने र राजपत्रमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्