कोरोना संक्रमण फैलिन नदिन भारतको दिल्ली र इटालीका विद्यालय बन्द

काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलन नदिन दिल्लीका सबै प्राथमिक विद्यालय आजबाट १८ चैतसम्मका लागि बन्द हुने भएका छन्।

दिल्लीका उपमुख्य मन्त्री मनिष सिसोडियाले कोरोना भाइरस संक्रमणको खतरा बढेकाले सरकारी र निजी प्राथमिक विद्यालयहरू बन्द रहने बताएका छन्।

भारतको मानव संसाधन विकास मन्त्रालयले सबै राज्यका मुख्य सचिवहरू र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड(सीबीएसई)लाई कोरोनाभाइरस विरुद्ध आधारभूत सुरक्षात्मक उपायहरू विद्यार्थीमा फैलाउन निर्देशन दिएको छ।

शिखर सम्मेलन स्थगित

कोरोना संक्रमणकै कारण भारत–इयु शिखर सम्मेलन स्थगित भएको छ। दुबै देशका स्वास्थ्य अधिकारीले अहिले यात्रा गर्न नहुने सल्लाह दिएपछि सम्मेलन स्थगित भएको हो। त्यसैले सम्मेलनपछि कुनै समयमा गरिने गरी स्थगित भएको भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रभिस कुमारले जनाएका छन्।

भारतमा २९ जना व्यक्ति भाइरसबाट संक्रमित भएका छन् जसमध्ये १६ जना इटाली पर्यटक रहेका छन्।

इटालीका विद्यालय र विश्वविद्यालय बन्द

त्यस्तै इटालीले पनि बिहिबारबाट सबै विद्यालयहरू र विश्वविद्यालयहरू बन्द गर्ने भएको छ। इटालीका सञ्चारमाध्यमहरूले सरकारलाई उदृत गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन मार्चको चैतसम्म विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको समाचार प्रकाशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्