काठमाडौं। कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै नेपालमा पनि मास्क र स्यानिटाइजरको अभाव भएको छ।
भाइरसको संक्रमणबाट जोगिन आम उपभोक्ताले सामान्य समयमा भन्दा बढी माग गरेको तथा व्यापारीले पनि मौका छोप्दै कालोबजारी गरेकाले बजारमा मास्कको अभाव भएको हो।
केही दिनयता काठमाडौंका अधिकांश फार्मेसी र मेडिकलमा मास्क पाइन छाडेको छ। भक्तपुर, बालकोट हाइटस्थित मनोकामना फार्मेसीमा २० दिनदेखि सर्जिकल मास्क छैन। “फार्मेसीमा मास्क खोज्दै दैनिक औषतमा २५ जना आउँछन् तर, रित्तो हात फर्काउन बाध्य भएको छु,” फर्मासिस्ट रामलखन मण्डलले भने, “तीन सय रूपैयाँमा विक्री हुँदै आएको मास्कको एउटा डब्बाको मूल्य अहिले एक हजार ८०० रूपैयाँ पुगेको छ, त्यस्तो चर्को मूल्यमा कसरी बेच्नु ?”
फर्मासिष्ट मण्डलकै भनाइबाट देखिन्छ–बजारमा अहिले मास्कको मूल्य ६ गुणाले बढेको छ। यसरी मास्क अभाव हुनु र मूल्य बढ्नुको कारण उपभोक्ताको अतिरिक्त माग मात्रै होइन। कतिपय फार्मेसी तथा मेडिकल सञ्चालकले मास्क लुकाएर कृत्रिम अभाव सिर्जना गरेकाले पनि यस्तो अवस्था आएको हो।
क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई बजारमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० फागुनमा दुई लाख रूपैयाँ जरिवाना गरेको छ।
नेपाल केयर सर्जिकल सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) को कसुरमा ३९(१–ख) अनुसार विभागले कारबाही गरेको हो। यो ऐनमा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने र गरेको पाइएमा विभागले जरिवाना गर्ने व्यवस्था छ। यो कानूनले कुनै वस्तु वा सेवाको गुणस्तर वा मूल्य लुकाई–छिपाई वा झुक्याई विक्री गर्न निषेध गरेको छ। यही ऐनलाई टेकेर विभागले अनिधिकृत रूपमा व्यापार÷व्यवसाय गरेका र कृत्रिम अभाव सिर्जना गरेकालाई कारबाही गर्दै आएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो तीन दिनमा २३ वटा फर्ममा अनुगमन गरेको जनाएको छ।
“उपभोक्ता संरक्षण ऐन अनुसार तीन दिनमा कृत्रिम अभाव सिर्जना र अनधिकृत विक्री वितरण गरेको आरोपमा दुई लाख ४५ हजार रूपैयाँ जरिवाना गरेका छौं,” विभागका निर्देशक रविन्द्र आचार्यले भने, “कृत्रिम अभाव खडा गर्न पाइँदैन, त्यसो गरे विभागले कानूनअनुसार कारबाही गर्छ।”
औषधि विक्रेता र फार्मेसीलाई कानूनविपरीतका यस्ता काम नगर्न पनि उनले चेतावनी दिए।
विभागले १९ फागुनमा ६ वटा, २० फागुनमा ११ वटा र २१ फागुनमा ६ वटा कम्पनीमा अनुगमन गरेको थियो।
मासिक २० लाख मास्क आवश्यक
नेपाली बजारमा मास्क चीनबाट आयात हुन्छ। चीनकै वुहान शहरबाट पुसको पहिलो साता कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनमा मास्क उत्पादन गर्ने कतिपय कम्पनीहरू बन्द भएका छन् भने चीनमै पनि मास्कको माग बढ्दो छ। त्यसकारण चीनबाट हुने आयात अहिले रोकिएको छ।
केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसनका अनुसार नेपालमा ८५ प्रतिशत मास्क चीनबाट र बाँकी अन्य मुलुकहरूबाट आयात हुन्छ।
ऐशोसिएसनका अध्यक्ष सुरेश घिमिरेले भने, “चीनबाट मास्कको आयात ठप्प भएकाले बजारमा अभाव छ, नेपालमा अस्पतालमा प्रयोग हुनेबाहेक पनि मासिक रूपमा करीब २० लाख मास्कको माग छ।”
एशोसिएसनका सचिव अर्जुन रायमाझी कोरोना भाइरसको संक्रमणपछि नेपाली बजारबाट करीब २० लाख मास्क चीनले किनेर लगेको बताउँछन्।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै नेपालमा पनि मास्क र स्यानिटाइजरको अभाव भएको छ।भाइरसको संक्रमणबाट जोगिन आम उपभोक्ताले सामान्य समयमा भन्दा बढी माग गरेको तथा व्यापारीले पनि मौका छोप्दै कालोबजारी गरेकाले बजारमा मास्कको अभाव भएको हो।

">