सुनको मूल्य बढेपछि विहेको तयारीमा रहेकाहरू तनावमा
काठमाडौं। केही सातायता निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। प्रतितोला २०० रूपैयाँले बढेको सुन आज नेपाली बजारमा ८० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।

विश्वभर कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि लगानीकर्ताहरूले आफ्नो सम्पत्ति सुरक्षित गर्न सुनमा लगानी बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरूले बताएका छन्।

विश्वव्यापी रूपमै शेयर बजारमा गिरावट आउन थालेपछि त्रसित उद्योगी व्यवसायीहरूले सुनमा लगानी बढाइरहेका छन्।

सुनमा गरिएको लगानी विश्वव्यापी रूपमा सुरक्षित मानिने हुनाले अर्थतन्त्रमा समस्या आउँदा धेरैजसोले सुनमा लगानी बढाउने गर्छन्।

२१ फागुन (हिजो) प्रतितोला ८० हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज नेपाली बजारमा २०० रूपैयाँ बढेको हो।

निरन्तर बढिरहेको सुनको मूल्यले व्यवसायी र लगानीकर्तालाई केही न केही त्राण दिएको देखिन्छ। तर, त्योभन्दा बढी यसले सुनको गहना किन्ने र पहिरिनेहरूलाई पिरोलेको छ।

नेपाल, भारतलगायत दक्षिण एशियाली मुलुकमा सुनको महत्व गरगहनाका हिसाबले पनि निकै बढी छ। सुनको गहना यहाँ सामाजिक प्रतिष्ठासँगै जोडिएको हुन्छ।

बिहेबारी त सुनविना चल्दै चल्दैन भन्दा पनि हुन्छ। बिहेमा लगाउने गरगहना, दिइने उपहार आदीमा पनि सुनको खपत निकै बढी हुन्छ। र, बढिरहेको सुनको मूल्यले बिहे गर्ने तयारीमा रहेका जोडीदेखि आफन्त र नातागोतालाई समेत तनाव थपेको छ।

आउँदो ३० फागुनमा विहे गर्ने तयारीमा रहेकी काठमाडौं, लेलेकी निरू लामाले मूल्य बढेपछि सुन किन्ने आँट गर्न सकेकी छैनन्। नेपाली सेनामा सहसेनानी (क्याप्टेन) रहेकी निरू भन्छिन्, “नयाँ गहना किन्न गाह्रो छ, अब यसअघि नै किनेका गहना लगाएर विहे गर्ने निधोमा पुगेकी छु।”

त्यसैगरी, सुनको मूल्यले भक्तपुर बस्ने सञ्चारकर्मी विनिता केसीको ‘मूड अफ’ गरिदिएको छ। मूल्य घट्ला र सुन किनौंला भनेर बसेकी उनी मूल्य झन् झन् बढ्दै गएपछि तनावमा छिन्। भन्छिन्, “सुनको मूल्य बढेको समाचार टीभीमा पढ्दा मनै अमिलो हुन्छ।”

दोलखाकी अनिता थापा बहिनिको विहेमा सुनका गहना उपहार दिने योजनामा थिइन्। त्यसका लागि पैसा पनि छुट्याइसकेकी थिइन्। मूल्य बढेपछि अब त्यसले नपुग्ने भएको छ। अनिता भन्छिन्, “अब बजेट बढाउनु पर्ने भएको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्