के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?

काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रक्रिया कसरी अघि बढ्छ भन्ने अहिले आम चासोको विषय छ ।

१७ असोजमा पीडित महिलाले महराविरुद्ध महानगरीय प्रहरी वृत्त वानेश्वरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएकी थिइन्। तर, कुनै व्यक्तिलाई पक्राउ गर्न अदालतको अनुमति चाहिने नयाँ कानूनी व्यवस्था अनुसार १९ असोजमा अदालतको अनुमति लिएपछि मात्र प्रहरीले महरालाई पक्राउ गर्‍यो।

पक्राउ परेका व्यक्तिलाई प्रहरीले अदालतबाट म्याद नथपेर २४ घण्टा भन्दा बढी प्रहरी हिरासतमा राख्न मिल्दैन । तर, दशैं विदाका कारण बन्द रहेको अदालत २८ असोजमा मात्र खुल्नेछ। त्यसैले, महरामाथि म्याद थपको प्रक्रिया अदालत खुलेपछि मात्र अघि बढ्ने छ। जानकारहरुका अनुसार यसबीचको अवधिका लागि ‘ब्याक डेट’मै म्याद थप गरिदिनेछ ।

महरालाई पक्रनका लागि प्रहरीलाई पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन काठमाडौं जिल्ला अदालतले अदालत विदाकै दिन पनि न्यायाधीशको व्यवस्था गर्यो । के तिनै न्यायाधीशले म्याद थप गर्न सक्दैनन् ? सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, “न्यायाधीशको व्यवस्था गरिनुको प्रयोजन अर्कै हो, त्यो प्रयोजन म्याद थप्ने काममा लागू हुन सक्दैन ।”

अर्थात् महराको म्याद थप्ने प्रक्रिया अब दशैं विदा सकिएर कार्यालय खुलेपछि मात्र हुनेछ ।

अदालत विदाको दिन बाहेक खुल्ने केही विशेष अवस्था पनि हुन्छन् । जस्तो कि, कोही आरोपीलाई पक्राउ गर्न र बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न शनिबार र दशैंको टिकाको दिन बाहेक अदालत खुला रहन्छ ।

बन्दी प्रत्यक्षीकरणको चर्चा

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई अदालतबाट म्याद थप गरेपछि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा बुझाउने छ। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोजन गर्ने कानूनी प्रावधान छ ।

अभियोजनपश्चात महरालाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारेखमा राखेर मुद्धाको प्रक्रिया अघि बढाउने भन्नेबारे अदालतमा थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले गर्ने आदेशबाट मुद्दाको सुनुवाई नहुँदासम्म महरा थुनामा बस्ने वा तारेखमा रहने भन्ने निर्धारण हुनेछ।

मुलुकी फौजदारी संहिताको व्यवस्था अनुसार अनुसार १८ वर्ष उमेरमाथिको महिलालाई बलात्कार गरेको प्रमाणित भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ। तर, महरामाथिको आरोप भने बलात्कार प्रयासको मात्र हो । यो अभियोग प्रमाणित भए बलात्कारमा हुने सजायको आधा मात्र सजाय हुने कानूनी व्यवस्था छ।

अदालतबाट अनुसन्धानका लागि म्याद थप गर्न करीब १० दिन लाग्ने भएपछि महराले बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत जाने संभावना पनि छ।

अदालत बन्द भएकाले म्याद थप गर्न समय लाग्ने भएपनि बन्दी प्रत्यक्षीकरणको रिट भने अदालतले तत्काल सुनुवाई गर्न सक्छ।

तर, के अदालतले नै पक्राउ गर्न अनुमति दिइसकेको विषयमा बन्दीप्रत्यक्षीकरणको रिट दायर र सुनुवाई हुन सक्छ ।

अधिवक्ता ओमप्रकाश अर्याल आरोपीका तर्फबाट कानून व्यवसायीहरु बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालत जान सक्ने बताउँछन् । “हिजो पनि यस्ता केसमा बन्दीप्रत्यक्षीकरण हुन्थ्यो, पक्राउ परेका व्यक्तिलाई अदालतले विदाको बेला वकिलको जिम्मा छाडिदिन्थ्यो”, अर्यालले देखापढीसँग भने, “अहिले नयाँ कानूनी व्यवस्था छ । तर, बन्दीप्रत्यक्षीकरणको रिट दर्ता र सुनुवाई हुन सक्छ । किनभने नयाँ कानूनी व्यवस्था लागू भएपछि पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्ता बन्दीप्रत्यक्षीकरण अन्तर्गत नै धमाधम छुटिरहेका छन् ।”

अर्यालका अनुसार पक्राउ परेको २४ घण्टाभित्र भ्याद गर्नुपर्ने कानूनी व्यवस्था अनुसार म्याद थप भइसकेपछि पनि आरोपीका तर्फबाट बन्दीप्रत्यक्षीकरण रिट लैजान सकिन्छ ।

पढ्नुहाेस्:

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग