पाकिस्तानी प्रधानमन्त्रीले खानले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मिर्गौलाको दोस्रोपटक प्रत्यारोप गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

२१ फागुनमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ।

शल्यक्रिया अघि विभिन्न देशका सरकार प्रमुख, राजदूत र देशकै शीर्ष व्यक्तिहरूले उनको सफल शल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

आज शल्यक्रियाको दोस्रो दिन पाकिस्तानका प्रधानमन्त्री खानले एक पत्र लेख्दै आफू, सरकार र पाकिस्तानी जनताका तर्फबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पत्रमा उनले लेखेका छन्– 'हामी तपाईंको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । पाकिस्तानी जनताले तपाईंको दीर्घायूको कामना गरेका छन् । यो दुई देशका जनताबीचको घनिष्ठ मित्रताको प्रमाण पनि हो ।'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्