भीडभाड र सार्वजनिक कार्यक्रममा नजान भोजपुर नगरपालिकाको अनुरोध
<p>भोजपुर। भोजपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट जोगिन भीडभाडमा नजान र सार्वजनिक समारोह नगर्न नगराउन नगरवासीमा अनुरोध गरेको छ।</p>
<p>नगरपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट बच्‍न जात्रा, पर्व, मेला, सभा, महोत्सवजस्ता धेरै मान्छे जमघट नगर्न र सहभागी नहुन अनुरोध गरेको हो।</p>
<p>२२ फागुनमा सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले २६ फागुनको होली पर्व नमनाउन पनि आग्रह गरेको छ।</p>
<p>२१ फागुनमा नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमणको रोकथामसम्बन्धी सचेतनामूलक अभियान संचालन गर्ने निर्णय गर्दै यसमा सबैलाई साथ दिन अनुरोध गरिएको मेयर कैलाशकुमार आलेले जानकारी दिए। </p>
प्रतिक्रिया दिनुहोस्