कर्णाली प्रदेश: सुर्खेतमा मास्कको अभाव

सुर्खेत। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका मेडिकलहरुमा सर्जिकल मास्क पाउन छाडिएको छ।

कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको त्राससँगै मास्कको माग बढेपछि यहाँका व्यवसायीले मौज्दात रहेका मास्क महँगो मूल्यमा काठमाडौं निर्यात गरेपछि अभाव भएको हो ।

नेपाल औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा करीब एक सयको हाराहारीमा रहेका मेडिकल तथा सर्जिकल सप्लायर्स भएपनि अहिले कसैकोमा मास्क मौज्दात नरहेको बताए।

“डिलरमै मास्क छैन्, हामीसँग भएको पनि सकियो,” उनले भने, “एक महीनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

यहाँ कपडाको मास्क पनि अभाव देखिन थालेको छ। सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको मास्कपनि अभाव हुन थालेको बताए।

कपडाको मास्क किन्‍ने ग्राहक भने एक्कासी बढेको ढकालको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्