कोरियाबाट आएका एक युवामा ज्वरो देखिएपछि सुर्खेत अस्पतालमा भर्ना <p>सुर्खेत। सुर्खेतमा एक युवालाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको छ।</p> <p>हिजो, २२ फागुन बिहान काठमाडौंबाट जहाजमा आएका ती युवालाई सुर्खेत विमानस्थलको &lsquo;हेल्थ डेस्क&rsquo; मा स्वास्थ्य परीक्षणको क्रममा ज्वरो देखिएपछि प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको हो।</p> <p>जापानबाट कोरिया हुँदै आएका ती युवामा १०० दशमलब ५ डिग्री सेल्सियस ज्वरो देखिएकाले भर्ना गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए।</p> <p>&quot;ज्वरो बढी देखिएकाले पूर्ण रूपमा स्वास्थ्यकर्मीको निगरानीमा राखेका छौं। तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था छैन&rdquo;, खड्काले भने।<em> रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्