काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड-१९) को पूर्वतयारीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने तयारी छ।
आज बिहान ११ बजे तय गरिएको बैठकमा नेपाली कांग्रेस सांसद गगनकुमार थापाले उक्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका हुन्।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यसूचीमा 'विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ ?, अस्पतालको अवस्था के छ ? भन्ने जस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडी बढ्नु पर्ने भएकाले' भन्ने विषयमा थापाले सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने उल्लेख छ।
उक्त जरुरी प्रस्तावका समर्थकहरूमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।
शुरूमा चीनको वुहान शहरमा देखा परेको कोभिड-१९ को महामारी विश्वव्यापी रूपमा फैलिरहेको छ।
" /> काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड-१९) को पूर्वतयारीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने तयारी छ।आज बिहान ११ बजे तय गरिएको बैठकमा नेपाली कांग्रेस सांसद गगनकुमार थापाले उक्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका हुन्।

">