बेलायतमा रहेका नेपालीले भने- 'विदेशमा कमाएको पूँजी र सीप देश विकासमा लगानी गर्न तयार छौँ'
लण्डन। बेलायतमा बस्दै आएका नेपालीहरूले विदेशको कमाइ नेपालको विकासमा लगानी गर्न तयार रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ बेलायतको १५ औं स्थापना दिवसको अवसरमा उनीहरूले विदेशमा रहँदा कमाएको पैसा र सीपलाई आफ्नो देशमा लगाउने वातावरण बनाइदिन आग्रहसमेत गरे।

कार्यक्रममा गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न तत्पर रहेको बताएका छन्।

महासचिव हेमराज शर्माले विदेशमा बसेर भएपनि नेपालप्रतिको माया र नेपालको समृद्धिप्रति आफूहरू चिन्तित रहेको बताए।

गैरअवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले दोहोरो नागरिकता र गोर्खा सैनिकहरूको हक अधिकारमा निरन्तर पहल गर्ने बताइन्।

धेरै संख्यामा नेपाली समुदाय सहभागी रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका सल्लाहकारहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्