कवि उषा शेरचनले पनि २० फागुनमा फेसबुकमै स्टाटसमा लेखिन्, ‘पहिल्यै प्रतिवद्धता गरिसकेका कार्यक्रममा बाहेक अन्य कुनै पनि कार्यक्रमहरूमा नजाने सोच रहेको कुरा क्षमायाचना सहित विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु।’
उषाले कोरोनाको संक्रमणबाट जोगिन कार्यक्रमहरूमा नजाने निर्णय गरेको बताइन्। “अहिले कोरोना भाइरसको संक्रमण पनि फैलँदो छ। नेपालमा कोरोना संक्रमण फैलिइहाल्यो भने पनि यसको रोकथाम वा निराकरणको लागि पर्याप्त पूर्वाधार बनाइसकेको छैन,” देखापढीसँग कुरा गर्दै उनले भनिन्, “रोग लाग्न दिनु भन्दा नलाग्दै सावधानी अपनाएको राम्रो हो नि। त्यसैले पूर्वनिर्धारित बाहेक अन्य कार्यक्रमहरूमा नजाने नै सोच बनाएको छु।”
कोरोना भाइरसको त्रासका कारण नेपाली साहित्य क्षेत्र नै प्रभावित बन्न थालेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौं बाहिर गर्ने तयारी गरेका कार्यक्रमहरू कोरोना संक्रमण त्रासकै कारण स्थगित गरेको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं सञ्चार संयोजक शशी लुमुम्बुले जानकारी दिए।
प्रज्ञा प्रतिष्ठानमात्र होइन अरु साहित्यिक संस्थाहरूले पनि पूर्वनिर्धारित कार्यक्रमहरू कोरोना संक्रमण त्रासकै कारण स्थगित गरेका छन्। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा रहेका हलहरूमा निर्धारित गगरिएका कार्यक्रमहरू पनि स्थगित भएका छन्। प्रतिष्ठानका हल विभाग प्रमुख विश्व मोहन राजभण्डारी भन्छन्, “कोरोना भाइरसको त्रास कै कारण हल बुक गरिएका ८/१० वटा कार्यक्रम पनि स्थगित भयो। भएका कार्यक्रममा पनि मानिसहरूको कम उपस्थिती रहेको छ।”
प्रतिष्ठानका हलमा मासिक ३०/३५ वटा कार्यक्रम हुने गरेकोमा अहिले हल बुक गर्नेहरू कम भएको उनले जनाए।
यो सन्त्रास उपत्यका बाहिरका संस्थाहरूमा पनि देखिएको छ। चितवन साहित्य परिषद्को आयोजनामा २४ फागुनमा आयोजना हुन लागेको ‘उनको कथा’ आत्मकथाको अन्तक्र्रियात्मक कार्यक्रम कोरोना भाइरसको प्रकोपको कारण स्थगित गरिएको जानकारी फेसबुकमार्फत् दिएको छ।
त्यस्तै ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’ले २० फागुनमा विज्ञप्ती नै जारी गरेर कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। विज्ञप्तीमा लेखिएको छ– ‘नेपाल सरकार, प्रदेश सरकार–प्रदेश–५ र जिल्ला प्रशासन कार्यालय बाँकेले समेत विश्वव्यापी रूपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणको संवेदनशीलतालाई मध्यनजर गरी सभा, सम्मेलन आदि नगर्न अनुरोध गरे बमोजिम २४ फागुनमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा स्रष्टा सम्मान, एकल कविता वाचन तथा कृति विमोचनको कार्यक्रमका लागि पत्राचार तथा प्रचारप्रसार गरिएको भए तापनि यस्तो अवस्थामा कार्यक्रम गर्नु उपयुक्त नदेखिएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त घोषित कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराउँदै सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिएको छ।’
" />

">