काठमाडौं। आजको संसद बैठक कोरोना भाइरसमा केन्द्रित भएको छ। सून्य समयमा भनाई राखेका अधिकांश संसदहरूले कोरोना भाइरसको चर्चा गर्दै पर्याप्त सतर्कता अपनाउन सरकारलाई सुझाए।
सांसद प्रदीप यादवले त संसद बैठक नै स्थगित गर्न माग गरे। यादवले विश्वमै कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिरहँदा बिना कुनै तयारी संसद सञ्चालन गर्न नहुने तर्क गरेका हुन्।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गरी सरकारले नै सभा सम्मेलन र भीडभाड नगर्न भनिरहेको भन्दै बिना कुनै सावधानी २७५ जना सांसद एकैठाउँमा भेला भएर बैठक सञ्चालन गर्नु जोखिमपूर्ण रहेको पनि उनको भनाई थियो। संसदमा हेल्थ डेस्क समेत नभएको प्रति असन्तुष्टि जनाएका सांसद यादवले पूर्वतयारीमा पर्याप्त ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराए।
‘‘सांसद र मन्त्रीहरू भीडभाड हुने कार्यक्रममा सहभागि भई कुनै पनि सावधानी नअपनाई संसदभित्र प्रवेश गर्छन्। यसले संक्रमणको रुप लिए के हुन्छ ? सरकारले नै भीडभाडमा नजानु, भोजभतेर नगर्नु भनेर आग्रह गरिरहेका बेला संसदभित्र प्रवेश गर्दा कुनै स्वास्थ्य डेस्क नै छैन। यस्तो अवस्थामा कि पूर्वतयारी गरेर सांसद चलाऔं, कि तत्काल संसद बन्द गरौं’’, यादवले भने।
सांसद पुष्पा भूसालले जिल्ला प्रशासन कार्यालयले भीडभाडमा नजानु, धेरै मान्छे जम्मा हुने कार्यक्रम नगर्नु भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय बन्द नगर्नु भनेर सूचना निकालेप्रति आपत्ति जनाइन्। सरकारले विद्यालय निर्वाधरूपमा सञ्चालन गर्नु भनेकाले लाखौँ बालकालिकाहरू कोरोना भाइरसको जोखिममा रहेको बताइन्। विद्यालय र कलेजहरुले तत्काल बन्द गरिनुपर्ने उनको माग थियो।
सांसद दिव्यमणि राजभण्डारीले हात र गला मिलाउने प्रथाको अन्त्य गरी नमस्कार गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा राखे।
" /> काठमाडौं। आजको संसद बैठक कोरोना भाइरसमा केन्द्रित भएको छ। सून्य समयमा भनाई राखेका अधिकांश संसदहरूले कोरोना भाइरसको चर्चा गर्दै पर्याप्त सतर्कता अपनाउन सरकारलाई सुझाए।सांसद प्रदीप यादवले त संसद बैठक नै स्थगित गर्न माग गरे। यादवले विश्वमै कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिरहँदा बिना कुनै तयारी संसद सञ्चालन गर्न नहुने तर्क गरेका हुन्।

">